चीनबाट ल्याउने इन्टरनेट भारतको भन्दा सस्तो र तीब्र गतिमा चल्ने-बंगलादेशबाट पनि इन्टरनेट ल्याउने तयारी

1:16 AM






विश्वव्यापी इन्टरनेट कनेक्सनका लागि चीनसँग जोडिएको अप्टिकल फाइबरले सहयोग पुग्ने अधिकारीले बताए। यो अप्टिकल फाइबरबाट नेपाललाई मात्रै नभई सार्क राष्ट्रहरुलाई नै हङकङको ट्राफिक हब तथा डेटा सेन्टरसँग जोड्न सहयोग पुग्ने उनले बताए।

अधिकारीले उपकरणको टेष्ट भएपछि मात्रै यस सम्वन्धमा चाइना टेलिकमसँग व्यापारिक सम्झौता हुने बताए। ‘चीनबाट ल्याउन लागिएको इन्टरनेट कत्तिको तीब्र गतिमा चल्न भन्ने कुरा परीक्षण गरेपछि मात्र थाहा हुन्छ,’ अधिकारीले भने ‘तर भारतको भन्दा चाडो हुन्छ भन्ने हामीले अनुमान गरेका छौं।’

चीनबाट ल्याउने इन्टरनेटको मूल्य निर्धारण भइनसकेकाले ब्रोडब्याण्ड वितरण गर्ने कि नगर्ने भन्नेपनि पछि थाहा हुने अधिकारीले बताए।

हाल भारतबाट भैरहवा, रक्सौल र वीरगञ्ज नाकामार्फत अप्टिकल फाइबर ल्याइएको उनले बताए। नेपालले अहिले भारतको बिएसएनएल,भारत पन्जाव, टाटा, एयरटेल र रिलायन्स कम्पनीबाट इन्टरनेट ल्याइरहेको छ। चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हटनेछ।

चीनलाई ट्रान्जिट बनाएर टेलिकमले इन्टरनेट ल्याउन लागेको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष बिनय बोहराले बताए। बोहराले अहिले भारतबाट मात्र इन्टरनेट ल्याइने गरेको र चीनबाट पनि आउन थालेपछि पक्कै सस्तो पर्ने जानकारी दिए।

‘पहिला स्याटलाइटबाट इन्टरनेट लेराउथ्यौं,’ बोहराले भने, ‘त्यसपछि धान्न नसक्ने भएपछि अप्टिकल फाइबरबाट ल्याउन सुरु गरेका हौं।’

समयको माग अनुसार भारतबाहेक अन्य देशहरुबाट पनि इन्टरनेट ल्याउनुपर्छ भन्ने आवाज उठिरहेका बेला चीनबाट इन्टरनेट ल्याउन

You Might Also Like

0 comments

Popular Posts