सर्वेन्द्र खनाल र रमेश खरेलहरु अञ्चल प्रमुखबाट सिधै आइजीपी हुने ? NEWS
6:25 AMविक्रम सम्वत २०४६ सालताका श्रम मन्त्रालयका एकजना शाखा अधिकृत आफ्ना सहकर्मीहरुलाई सुनाउने गर्थे – संसारमा दुईवटै कुरा स्थायी छ –शौचालयमा लेखिएको ‘महिला’ र ‘पुरुष’ अनि मेरो शाखा अधिकृत पद । २० वर्षदेखि एउटै पदमा कार्यरत रहनुको पीडा थियो त्यो । अहिले यस्तै भइरहेछ नेपाली प्रहरीमा । जहाँ इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरु जागिरहका उत्तरार्ध अर्थात पच्चिसौं बर्षमा प्रवेश गरिसक्दासम्म पनि प्रहरी उपरीक्षक (एसपी) मात्रै हुन पुगेका छन् । कस्तो अवस्था आइसकेको छ भने, वृत्तिविकासका महत्वपूर्ण २४ वर्ष दुईवटा बढुवामा नै बितेको छ भने अब बाँकी ६ वर्षभित्र ४ वटा पदको बढुवा पार गर्नुपर्ने हुन्छ । अर्थात बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चातको पहिलो प्रहरी निरीक्षकका ब्याचहरु अझै एसपी मात्रै भएका छन् । जबकी सोही ब्याचमा सँगै इन्सपेक्टर भएर प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अधिकृत, जो सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरी गए, उनीहरुमध्ये नै विशिष्टि श्रेणीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको सिफारिस भइसकेको अवस्थामा छ । अरु त अरु विक्रम सम्बत २०४४ सालमा सँगै नेपाल प्रहरी सेवामा गरेकाहरु अझै कोही एसएसपी मात्रै छन् भने, उता सशस्त्र प्रहरीमा स्थानान्तरण भएकामध्ये कुनै अधिकृत एआईजीमा पाँच वर्ष सेवावधि पूरा गरेर अवकाश समेत भइसकेका छन् । यसबाट नेपाल प्रहरीमा रहेका प्रहरी अधिकृतहरुको मनोविज्ञान अनुमान गर्न सकिन्छ ।
0 comments